राजधानीमा बम आतंक, ज्यान गुमाउनेको संख्या ४ पुग्यो | Khabarhub Khabarhub

राजधानीमा बम आतंक, ज्यान गुमाउनेको संख्या ४ पुग्यो


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सुकेधारास्थित एक शैलुनमा भएको बम विस्फोटको घटनामा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन । विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर घाइते भएका छन् ।

त्यसैगरी घट्टेकुलोमा भएको विस्फोटमा अर्का एक जनाको मृत्यु भएको हो । सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको हो । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको हो भने रविन केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको जनाइएको छ ।

काठमाडौंका विभिन्न ठाउँमा भएको विस्फोटमा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा रहेको प्रहरीले जनाएको छ । सवै ठाउँमा भएको विस्फोटको प्रकृति उस्तै प्रकारको भएको समेत प्रहरीले जनाएको छ ।

विस्फोट भएको स्थानबाट प्रहरीले विप्लव नेतृत्वको पर्चा समेत भेटेको छ । त्यस्तै अपरान्ह काठमाडौंको कोटेश्वरबाट पनि प्रहरीले ७ जना विप्लव नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट ४ वटा प्रेसर कुकर र पर्चा बरामद गरेको जनाएको छ ।  विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेका कारण विभिन्न स्थानमा बम राखेर त्रास मच्चाएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १० : १५ बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन