कांग्रेस महाधिवेशन : मतदान गरेर राष्ट्रिय सभा गृहबाट बाहिरिए देउवा « Khabarhub

कांग्रेस महाधिवेशन : मतदान गरेर राष्ट्रिय सभा गृहबाट बाहिरिए देउवा


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान जारी छ ।

कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै शुरू भएको मतदानमा सभापतिका उम्मेदवारहरूले पनि मतदान गरेका छन् ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान गरेर राष्ट्रिय सभा गृहबाट १२: ४५ मा बाहिरिएका छन् । ढिला गरी मतदानस्थल पुगेका उनले करिव एक घण्टा  प्रतिनिधिहरुसँग भोट पनि मागेका छन् ।

देउवा प्यानलसहित सभापतिको उम्मेदवार बनेका छन् । उनलाई डा.शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरूङले सभापतिमा चुनौती दिएका छन् ।

बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान थालिएको थियो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : ५५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।