चामलको मूल्यभन्दा ढुवानी खर्च बढी « Khabarhub

चामलको मूल्यभन्दा ढुवानी खर्च बढी


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट-  उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढी पर्ने गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो रु ९० पर्छ ।

उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य रु सात हजार, मोटो चामल रु पाँच हजार र सोना रु पाँच हजार ६०० मा कम्पनीले उपलव्ध गराउदै आएको छ ।

सुर्खेतदेखि धोसम्मको प्रतिकिलो चामलको ढुवानी भाडा रु ६५, धारगाउँको रु ५६ र  सालदाङसम्मको रु ९० पर्छ । सालदाङमा चामल पुर्‍याउन नौ हजार ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रति क्विन्टल रु सात हजार छ । ढुवानी भाडा चामलको मूल्यभन्दा रु दुई हजार बढी छ ।

निजी क्षेत्रबाट बिक्री गरिँदै आएको ३० किलो  चामललाई ‘धो’ मा रु ६ हजार पर्छ भने तिन्जेमा रु सात हजार पर्ने डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताइन् । रु सात हजार तिरेर पनि चामल पाउन नसकेको उनको भनाइ छ । हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानी रोकिएको छ ।

चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा समस्या भएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए ।

पाँच सय कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्म  १८० क्विन्टल चामल ढुवानी गरिएको छ ।

डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्विन्टल चामलको कोटा रहेकामा ढुवानी गर्ने जिम्मा पाएको ओम जयदुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्म ढुवानी गर्न नसकेको बताए । हिमपातका कारण ढुवानी गर्न नकिएको उनको भनाइ छ ।

त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमूना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्म ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ । यी सबै कम्पनीका बिक्री केन्द्र हुन् ।

कम्पनीले तल्लो डोल्पा, जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्‍याइएको छ ।

उपल्लो डोल्पामा अहिलेसम्म चामल ढुवानी हुन सकेको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो ।

उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाईमार्ग बाहेक अन्यमा सम्भावना नरहेको सर्वसधारण बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारण मर्कामा परेको गुरुङले बताइन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  २ : ५५ बजे

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६