कांग्रेस चुनाव अपडेट : दुई बजेसम्म खस्यो ६०० मत « Khabarhub

कांग्रेस चुनाव अपडेट : दुई बजेसम्म खस्यो ६०० मत


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली नयाँ कार्यसिमिति चयन गर्न जारी मतदानमा ६०० मत खसेको छ ।

मतदान शुरू भएको साढे २ घण्टामा  ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।

मतदान भइरहेका भृकुटीमण्डपका दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रका २ बजेसम्म कूल ६०० मत खसेको उनले बताए ।

धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई करिव एक घण्टा लागेकाले मतदानमा ढिलाइ भएको समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  २ : ४१ बजे

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि