एमालेको संसद् अवरोध संविधानसम्मत् छैन : सभामुख सापकोटा « Khabarhub

एमालेको संसद् अवरोध संविधानसम्मत् छैन : सभामुख सापकोटा


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले एमालेले गरिरहेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताएका छन् ।

आफूले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको सापकोटाले बताए ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै उनले भोलि (मंगलबार) सुरू हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने पनि बताए।

एमालेले संसद अवरोध गरेको प्रसंगमा सापकोटाले भने,‘उहाँहरूले जे गरिराख्नु भएको छ त्यो संविधान, नियम, कानुन अनुसार छैन। नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् । जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रूपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरी मैले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैंभरि त्यही गर्न म प्रतिबद्ध छु।’

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढिरहेको पनि बताएका छन् ।

 

 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ३ : ११ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर