हृदयेश त्रिपाठीले भोलि नयाँ राजनीतिक दल घोषणा गर्ने « Khabarhub

हृदयेश त्रिपाठीले भोलि नयाँ राजनीतिक दल घोषणा गर्ने


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र राजनीतिक समूह बनाएका सांसद हृदयेश त्रिपाठीले मंगलबार नयाँ दल घोषणा गर्ने भएका छन्। मंगलबार साढे १० बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दल घोषणा कार्यक्रम राखिएको त्रिपाठीले जानकारी दिए ।

उनले भने, ‘भोलि नयाँ राजनीतिक दल घोषणा गर्दैछु । दल घोषणा गर्दा दस्तावेज पनि सार्वजनिक हुनेछ। दस्तावेजले बोल्ने छ, कस्तो पार्टी हुनेछ भन्ने ।’

तत्कालनी तमलोपमा रहेका त्रिपाठीले २०७४ को चुनाव अगाडि सो पार्टी त्यागेका थिए । त्यसपछि उनी नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट कपिलवस्तुबाट चुनाव लडेका थिए र विजयी पनि भएका थिए ।

एमालेकै चुनाव चिन्हमा चुनाव जितेका त्रिपाठी एमालेमै सामेल हुने चर्चासमेत भएको थियो। तर, उनले आफ्नै नेतृत्वमा नयाँ दल स्थापना गर्न लागेका हुन्

त्रिपाठी, विजेशकुमार गुप्ता लगायतका तत्कालीन तमलोपाबाट अलग भएका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाई एमालेसँग तालेमल गरेका उनीहरुले सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

त्रिपाठी केर्पा शर्मा ओली नेतृत्वको सरकारमा केही महिना स्वास्थ्य तथा जनसंख्या र सामान्य प्रशासनमन्त्री समेत बनेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ०९ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको