ज्याकलिनबाट टाढिए सलमान खान | Khabarhub Khabarhub

ज्याकलिनबाट टाढिए सलमान खान


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता सलमान खानको ‘दबंग रिलोडेड कन्सर्ट’ विगतको जस्तै सुपरहिट रह्यो । तर यसपटक ज्याकलिन फर्नान्डिज नयाँ संस्करणको कन्सर्टमा सहभागी हुन पाइनन् । दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङ मुद्धाका आरोपी महाठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकुलिन अहिले समस्यामा परेकी छन् ।

यहीकारण उनलाई इडीले सोधपुछ गरिरहेको छ । डिसेम्बर १० मा रियादमा भएको कन्सर्टमा सलमानका साथ शिल्पा सेठ्ठी, सई माञ्जरेकरसहित अन्य कलाकार सहभागी भए पनि ज्याकुलिन समूहमा परिनन् ।

यद्यपि रियादमा भएको पत्रकार सम्मेलनमा ज्याकलिनको सहभागिताको विषयमा पत्रकारले प्रश्न गरेका थिए । सलमानले ज्याकलिन शोमा उपस्थित नभए त्यसको खुशीमा आफूले प्रस्तुति दिने बताएका थिए । ज्याकलिन सलमानका साथ उपस्थित नहुँदा विभिन्न प्रश्न उठेका छन् । धेरैले के ज्याकलिन सलमानको रुचाईबाट बाहिर पुगेकी छन् ? भन्ने समेत प्रश्न उठाइ रहेका छन् ।

वास्तवमा भन्ने हो भने ज्याकलिनसँग उनीसँग नजिकिएकाहरुले अहिले दुरी बनाइरहेका छन् । यसमा सलमान पनि पर्दछन् । मनी लण्ड्रिङ मुद्धामा आरोपी महाठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धमा रहेको खुलेपछि उनी इन्फोर्समेन्ट डायरेक्टोरेटको रडारमा आइसकेकी छन् ।

ज्याकलिन लकडाउनको समयमा सलमानको परिवारसँग सलमानकै फार्महाउसमा थिइन् । त्यहीकारण सलमानको फिल्म ‘किक’मा अभिनय गरिसकेकी ज्याकलिनले आफ्नो मेन्टरबाट यो समस्याग्रस्त समयमा बाहिर ल्याउन सक्ने आशा राखिरहेकी थिइन् । तर सलमानले भने ज्याकलिनको जिन्दगीबाट टाढा रहने निर्णय लिइसकेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ४६ बजे

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने

प्रतिनिधिसभा निर्वाचन : दर्ताका लागि पहिलो दिनमै १२ निवेदन

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन