ज्याकलिनबाट टाढिए सलमान खान « Khabarhub

ज्याकलिनबाट टाढिए सलमान खान


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता सलमान खानको ‘दबंग रिलोडेड कन्सर्ट’ विगतको जस्तै सुपरहिट रह्यो । तर यसपटक ज्याकलिन फर्नान्डिज नयाँ संस्करणको कन्सर्टमा सहभागी हुन पाइनन् । दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङ मुद्धाका आरोपी महाठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकुलिन अहिले समस्यामा परेकी छन् ।

यहीकारण उनलाई इडीले सोधपुछ गरिरहेको छ । डिसेम्बर १० मा रियादमा भएको कन्सर्टमा सलमानका साथ शिल्पा सेठ्ठी, सई माञ्जरेकरसहित अन्य कलाकार सहभागी भए पनि ज्याकुलिन समूहमा परिनन् ।

यद्यपि रियादमा भएको पत्रकार सम्मेलनमा ज्याकलिनको सहभागिताको विषयमा पत्रकारले प्रश्न गरेका थिए । सलमानले ज्याकलिन शोमा उपस्थित नभए त्यसको खुशीमा आफूले प्रस्तुति दिने बताएका थिए । ज्याकलिन सलमानका साथ उपस्थित नहुँदा विभिन्न प्रश्न उठेका छन् । धेरैले के ज्याकलिन सलमानको रुचाईबाट बाहिर पुगेकी छन् ? भन्ने समेत प्रश्न उठाइ रहेका छन् ।

वास्तवमा भन्ने हो भने ज्याकलिनसँग उनीसँग नजिकिएकाहरुले अहिले दुरी बनाइरहेका छन् । यसमा सलमान पनि पर्दछन् । मनी लण्ड्रिङ मुद्धामा आरोपी महाठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धमा रहेको खुलेपछि उनी इन्फोर्समेन्ट डायरेक्टोरेटको रडारमा आइसकेकी छन् ।

ज्याकलिन लकडाउनको समयमा सलमानको परिवारसँग सलमानकै फार्महाउसमा थिइन् । त्यहीकारण सलमानको फिल्म ‘किक’मा अभिनय गरिसकेकी ज्याकलिनले आफ्नो मेन्टरबाट यो समस्याग्रस्त समयमा बाहिर ल्याउन सक्ने आशा राखिरहेकी थिइन् । तर सलमानले भने ज्याकलिनको जिन्दगीबाट टाढा रहने निर्णय लिइसकेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ४६ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना