शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न अदालत रोक | Khabarhub Khabarhub

शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न अदालत रोक


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “हाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पद ग्रहण गरेका प्रत्यर्थी विपक्षीलाई सोभन्दा माथिल्लो तहको अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने बनाउने कार्य नगर्नु नगराउनु भनि सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।”

भक्तबहादुर बस्नेतसहितले दायर गरेको रिट निवेदनमा अदालतले सरकारी शिक्षकहरू कांग्रेस प्रतिनिधि चुनिएको र त्यो प्रचलित कानुनको विपरीत भएको उल्लेख गर्दै शिक्षकलाई राजनीतिक दलका कुनै पनि तहको अधिवेशन र कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने बनाउने कार्यलाई रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शिक्षकसमेत प्रतिनिधि भएर मतदानमा समेत संलग्न भएकाले रोक्न रिटमा माग गरिएको थियो ।

आदेशमा राष्ट्रसेवक शिक्षकलाई प्रचलित कानुनले राजनीतिमा भाग लिन रोक लगाएको र भाग लिएमा सजायसमेत हुने व्यवस्था गरेको र सो कार्य प्रथम दृष्टिमै कानुनको व्यवस्थाविपरीत भएको ठहर गरेको छ । आदेशमा भनिएको छ, “शिक्षक राष्ट्र सेवक कर्मचारी र देशमा नागरिकलाई शिक्षित बनाउने गुरुत्तर दायित्व बोकेका वर्ग हुँदा निजहरूलाई कुनै पनि दलको सदस्य भएर वा सदस्य समान भै राजनीतिमा भाग लिने कानुनसम्मत होइन ।”

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ५५ बजे

भिजिट भिसा प्रकरणमा राष्ट्रपति नै मुछिए पनि कारबाही गरौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा

प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू

प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी– लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको