३१८१ मतगणना हुँदा देउवा र कोइरालाबीच ३२८ को मतान्तर « Khabarhub

३१८१ मतगणना हुँदा देउवा र कोइरालाबीच ३२८ को मतान्तर


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता बढ्दै गएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि नै अग्रता कायम राखेका हुन् । बिहान ७ : ४० बजेसम्मको विवरणअनुसार ३१८१ मत गणना हुँदा सभापति देउवाले १५०६, सभापतिका अरु उम्मेदवार क्रमशः डा शेखर कोइरालाले ११७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरूङले १५ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

यो पटक स‌ंस्थापन र इतर समूहबाट २-२ जना र एक जना गुरुङ गरी पाँच जना प्रतिस्पर्धामा छन् । पछिल्लो मतपरिणाम हेर्दा कसैले पनि पहिलो चरणमा बहुमत ल्याउने सम्भावना देखिएको छैन । तर देउवाले अग्रता बढाउँदै गए पहिलो चरणमै विजयी हुने सम्भावना पनि देखिन्छ । पहिलो चरणमै विजयी हुन २ हजार ३४० मत पाउनुपर्छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मत गणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ४४ बजे

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट