विप्लव समूहको बन्दका कारण जनजीवन प्रभावित, ठाउँठाउँमा शंस्कास्पद बस्तु फेला « Khabarhub

विप्लव समूहको बन्दका कारण जनजीवन प्रभावित, ठाउँठाउँमा शंस्कास्पद बस्तु फेला


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव समूले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

पार्टी कार्यकर्ता प्रहरीको गोली लागि आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको हत्या भएको भन्दै विप्लव समूहले आज बन्दको आह्वान गरेको छ ।
काठमाडौं उपत्यकामा बन्दको असर खासै नपरे पनि उपत्यका बाहिर भने बन्दको प्रभाव परेको छ ।

काठमाडौंबाट बाहिरिने र भित्रने सावरी चल्न सकेको छैन । भने उपत्यकामा पनि विहान भाडाका सवारी कम मात्र चलेका छैन् ।

देशका विभिन्न स्थानमा विहानै देखि संकास्पद बस्तुहरु फेला परेको छ । धादिङमा रहेको राजमार्गको विभिन्न स्थानमा विहाननै बम फेला परेको थियो । बम फेला परेसँगै सेनाको टोलीले बम डिस्पोज गरेको छ ।

मोरङको सुन्दर हैरैचा ७ ठडिया चोक नजिक शंकास्पद बस्तुफेला परेको छ । जसलाई डिस्पोज गर्न सेनाको टोली त्यसतर्फ जाँदै छ ।

आइतबार(हिजा) अपराह्नदेखि राजधानीका घट्टेकुलो, सुकेधारा थानकोटमा बम विस्फोट भएको थियो जसमा चार जनाको मृत्यु भएको थियो ।

त्यस्तै ललितपुरको लगनखेल, सानेपा, ग्वार्को लगायतका स्थानमा बम फेला परेको थियो । जसका कारण उपत्यकाको जनजीवन आतंकित बनेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : २४ बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट