रेनोको नयाँ शोरुम लहानमा   « Khabarhub

रेनोको नयाँ शोरुम लहानमा  


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – रेनोको नया शोरुम सोमबारबाट लहानमा सञ्चालनमा आएको छ। देशभर आफ्नो शाखा विस्तार गर्ने उद्देश्यका साथ कम्पनीले लहानमा नयाँ शोरुम खोलेको हो ।

‘भाग्य महालक्ष्मी अटोमोबिल्स’ शोरुमका सञ्चालक राम शाहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ लहानका अशोक लाल अमात्यको प्रमुख अतिथ्यता तथा कम्पनीका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठ र सेल्स नेटवर्क प्रमुख विपुल भट्टराई सहभागी थिए ।

त्यस क्रममा जनरल म्यानेजर श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहक वर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौँ। नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभारी छौँ।’

सेल्स नेटवर्क प्रमुख विपुल भट्टराईले अहिले खोलेको नयाँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरूलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने बताए ।

शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर,काईगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन्। उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरू पनि लिन सक्नेछन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना