मुम्बईमा विवाह गर्दै रणवीर र आलिया « Khabarhub

मुम्बईमा विवाह गर्दै रणवीर र आलिया


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशल तथा अभिनेत्री अंकिता लोखण्डे र उनकी प्रेमी विकी जैनको विवाह पछि फिल्मकर्मी तथा फ्यानहरु रणवीर कपूर र आलिया भट्टको विवाहको प्रतिक्षामा छन् । उनीहरुको विवाहका बारेमा एक वर्षयता चर्चा चले पनि दुवैले आधिकारिक रुपमा केही घोषणा गरेका छैनन् ।

धेरैले उनीहरुले मुम्बई बाहिर गएर विवाह गर्ने अनुमान लगाए पनि त्यो अनुमान गलत साबित भएको छ । समाचारअनुसार उनीहरु नयाँ वर्षको सुरुवातमै सात फेरा लगाउदैछन् । उनीहरुले मुम्बईमा नै विवाह गर्ने योजना बनाएका छन् । दुवै कलाकारले परिवारसँगको सल्लाह अनुसार यो निर्णय लिएका हुन् ।

‘आलिया भट्ट र रणवीर कपूर डेस्टिनेसन वेडिङ गर्ने छैनन् । उनीहरुले मुम्बईमा नै विवाह गर्नेछन् । त्यो विवाह उनीहरुको परिवारको उपस्थितिमा हुनेछ । उनीहरुले ठूलो बजेटमा विवाह गर्ने मन बनाएका छैनन्’, उनीहरु निकट स्रोतले भनेको छ ।

आलियाका पिता महेश भट्ट यात्रा गर्ने मनस्थितिमा छैनन् । रणवीरका काका रणधीर कपूरको स्वास्थ्य अवस्था ठिक छैन । त्यहीकारण उनीहरुले मुम्बईमा नै विवाह गर्ने निर्णय लिएका छन् । उनीहरुले ताज लेण्ड एण्डमा विवाह गर्नेछन् । जसका लागि सबै कुरा फाइनल गरिसकेका छन् । रणवीर हाल नयाँ घर बनाइरहेका छन्, जहाँ विवाहपछि आलियासँग बस्नेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ११ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।