यसरी खिचिएको थियो ‘टाइटानिक’को अन्तरंग दृश्य « Khabarhub

यसरी खिचिएको थियो ‘टाइटानिक’को अन्तरंग दृश्य


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– हलिउडको सबैभन्दा प्रतिष्ठित फिल्ममा पर्ने ‘टाइटानिक’ रिलिजको २४ वर्ष पुगेको छ । यो फिल्म सन् १९९७ को डिसेम्बर १७ मा रिलिज भएको थियो । यो फिल्मले अभिनेता लियोनार्दो डिकाप्रियो र अभिनेत्री केट विन्सलेटलाई रातारात स्टार बनाएको थियो ।

कैयौं भाषामा डब गरिएको यो फिल्मले ‘ओस्कार अवार्ड’ जितेको थियो । यो फिल्ममा लियोनार्दो र केटको अन्तरंग यौन दृश्य सर्वाधिक चर्चित बनेको थियो । यो दृश्य कसरी खिचिएको थियो भन्ने बारेमा अभिनेत्री केटले मुख खोलेकी छन् ।

केटका अनुसार यो दृश्य छायांकन भइरहँदा उनी निकै निरास थिइन् । जबकी लियोनार्दो भने यो दृश्य खिचेपछि सामान्य अवस्थामा थिए ।

‘यो दृश्य खिचिरहँदा हामी आफ्नो चरित्रमै थियौं । जसमा रोज ज्याकलाई प्रेम गर्न चाहन्थे । जसै क्यामरा रोल हुन बन्द भयो, हामी उठ्यौं र आ–आफ्नो बाटो लाग्यौं । यो दृश्य सकिएको थियो । म सुतिरहेको बेला के यो काम गर्नु लाजको कुरा हो ? भनेर सोचेकी थिएँ । तर यो काम राम्रो भयो’, केटले एक अन्तरवार्तामा भनेकी छन् ।

यो फिल्ममा काम गर्नुअघि नै लियोनार्दो र केट मिल्ने साथी थिए । उनीहरु २० वर्ष भन्दा बढी समयदेखि एकअर्कालाई चिन्दछन् । यो दृश्य हेर्नकै लागि मानिसहरुले ‘टाइटानिक’लाई धेरैपटक हेरेका थिए । फिल्मको दृश्यमा ज्याक र रोज टाइटानिक जहाजको तल्लो तलमा एक कारभित्र सेक्स गर्छन् ।

केटका अनुसार यो दृश्य खिच्नुअघि उनले लियोसँग यौन जीवनको बारेमा खुलेर कुराकानी गरेकी थिइन् । केटलाई लियोले सेक्सुअल टिप्स दिएका थिए । त्यही टिप्स अनुसार केटले दृश्य दिएकी थिइन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : २४ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी