पानीमुनि खिचियो ‘अवतार २’ « Khabarhub

पानीमुनि खिचियो ‘अवतार २’


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– हलिउड फिल्म ‘अवतार’को सिक्वेल ‘अवतार–२’को बारेमा निर्माण पक्षले नयाँ कुरा सार्वजनिक गरेको छ । एक दशकअघि रिलिज यो फिल्मको सिक्वेल ‘अवतार–२’को पोष्टर सार्वजनिक गर्दै फिल्मका निर्देशक जेम्स क्यामरुनले फिल्को सबै दृश्य पानीमुनि खिचिएको खुलाएका छन् ।

एक दशकको प्रोडक्सन, ढिलाई र चर्चापछि ‘अवतार’को सिक्वेल आउने घोषणा गरिएको छ । जेम्सले फिल्मको पोस्टर सामाजिक सञ्जालमा शेयर गरेका छन् । जसमा एक तस्वीरमा पहिलो फिल्ममा देखिएका ड्रेगन गनशिपलाई फ्लाइट डेकमा एडी फाल्कोका जनरल अर्डमोडरसँग उभिएको देखिएको छ । सार्वजनिक गरिएका सबै तस्वीरले पनि फिल्मको सुटिङ पानीमुनीनै गरिएको प्रष्ट्याएको छ ।

‘सन् २०१२ पछि ‘अवतार’को सिक्वेलको तयारी सुरु गरिएको थियो । यो फ्रेञ्चाइजीको अवस्था एकदमै युनिक छ । किनकी हामीलाई थाहा छ कि ‘अवतार’को दुई, तीन, चार र पाँच निर्माणको पाइपलाइनमा छन् । यसको सिक्वेलमा एक बिलियन डलरको खर्च हुनेछ । यसको अर्थ यो हो कि हरेक फिल्ममा कमसेकम २ सय ५० मिलियन डलर खर्च हुनेछ’, जेम्सले भनेका छन् ।

सन् २०२० को सेप्टेम्बरमा ‘अवतार २’को सुटिङ पुरा भइसकेको छ । तेस्रो सिक्वेल ‘अवतार ३’को सुटिङ पनि करिब करिब पुरा भइसकेको छ । ‘अवतार २’ चाँडै रिलिज हुने भनिए पनि यो फिल्म डिसेम्बर २०२२ मा रिलिज हुँदैछ । ‘अवतार ३’को लागि डिसेम्बर २०, २०२४, ‘अवतार ४’ डिसेम्बर २०२६ र ‘अवतार ५’ डिसेम्बर २०२८सम्म रिलिज हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ३८ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्