काठमाडौँ उपत्यकामा यो वर्षकै बढी चिसो आज « Khabarhub

काठमाडौँ उपत्यकामा यो वर्षकै बढी चिसो आज


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियस मापन भएको छ । हिजो बुधबारको तापक्रम ४.३ डिग्री थियो । तापक्रम अझै घट्न सक्ने र चिसो बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ ।

काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको विभागले जनाएको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लाको तापक्रम माइनस ५.७ डिग्रीमा झरेको छ ।

तराई क्षेत्रको न्यूनतम तापक्रम पनि घटेको छ । आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनेछ भने तराईका जिल्लामा दिउँसोको समयमा मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

आज काठमाडौँसहित देशका अधिकांश ठाउँमा घाम लागेपनि भोलिदेखि पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : ४० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी