सर्लाहीमा छुट्टाछुट्टै आगलागीमा परि तीन जनाको मृत्यु | Khabarhub Khabarhub

सर्लाहीमा छुट्टाछुट्टै आगलागीमा परि तीन जनाको मृत्यु


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया आगोले जलेर दुई बालिकाको मृत्यु भएको छ । परालको घरमा गएराति ९ : १५ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा जोगी महराकी ८ र ३ वर्षीया छोरी लक्ष्मी र सुगन्धीको जलेर मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो । आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते छन् ।

यसैगरी सर्लाही सदरमुकाम मलङ्गवा–६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्।

अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिइन्। जाडो बढेसँगै सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १० : ५२ बजे

‘उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’

सुदूरपश्चिम– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले उपयुक्त वातावरण

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुर्खेत– गिरीघाटस्थित सडकमा गुटुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको बा.५ ख १७४१ नम्बरको गाडीबाट

उदयपुरबाट करिब २ सय ४० किलो गाँजा बरामद

उदयपुर– बेलका नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय

बढुवा भएका सशस्त्रका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका

परराष्ट्रमन्त्रीको प्रष्टिकरण : विपिन जोशीको रिहाइका लागि निरन्तर पहल र कोसिस गर्‍यौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका