१७ वर्षपछि कुश्मीशेरा बजारको सडक कालोपत्र हुँदै « Khabarhub

१७ वर्षपछि कुश्मीशेरा बजारको सडक कालोपत्र हुँदै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा–कुश्मीशेरा बजारको सडक कालोपत्र गर्न थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि जैमिनी नगरपालिकाले कालोपत्र गर्न थालेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम थालेको भए पनि वर्षाका कारण काम हुन सकेको थिएन । म्याद थप भएको योजनाको काम पुस महिनाभित्रै सकिने गरी कालोपत्रको काम सुरु भएको इञ्जिनियर विवेक सापकोटाले बताए ।

जैमिनी नगरपालिकाको जैमिनी धामदेखि कुश्मीशेरा बजार निस्किने २.५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रको कामका लागि प्रतिस्पर्धा गर्दा बचेको रु ७० लाख बजेटले मुकामको सडक कालोपत्र गर्न थालिएको हो । रु ५२ लाखको लागमा झन्डै आधा किलोमिटर सडक कालोपत्र र ढलान हुनेछ ।

पुरानो बजारक्षेत्र कालोपत्र भए पनि नयाँ बजार विस्तार भइरहेको क्षेत्रमा पनि कालोपत्र गर्ने योजना नगरपालिकाको छ । सहरी विकास मन्त्रालयसँगको समन्वयमा नयाँ बजार क्षेत्र कालोपत्रको काम गरिने उनले बताए । दक्षिण बागलुङको केन्द्र मानिने कुश्मीशेरा बजारमा बजार विस्तार भए पनि सडक विस्तार हुन सकेको थिएन । पछिल्लो समय नगरपालिकाले सडक नाली, असजिलो सडकमा ढलान तथा ग्राभेल र साँघुरा सडक फराकिला बनाउँदै आएको छ ।

विसं २०६० को दशकमा सडक पुगेको कुश्मीशेराले कालोपत्र सडक देख्न झण्डै १७ वर्ष कुर्नुपरेको थियो । सदरमुकामदेखि जैमिनी नगरको मुकाम जाने सडकमध्ये डेढ किलोमिटर सडकमात्रै जैमिनी नगरपालिकामा कालोपत्र छ । बजारको सडक कालोपत्र भएपछि सर्वसाधारणलाई आवातजावतमा सहज हुने वडाध्यक्ष भूपेन्द्र थापाले बताए । व्यापारिक केन्द्रसमेत भएकाले यहाँ सर्वसाधारण चाप धेरै छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  २ : १५ बजे

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न सक्दैन : नेकपा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले राष्ट्रिय सहमति बिना संविधान संशोधनको

अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको इरानको आरोप

एजेन्सी – इरानले संयुक्त राज्य अमेरिकाले गरेको भनिएको पछिल्लो सैन्य आक्रमणको