मिनेन्द्र रिजाल राजनीतिबाटै अलग हुन लागेका हुन् ? (भिडियो) « Khabarhub

मिनेन्द्र रिजाल राजनीतिबाटै अलग हुन लागेका हुन् ? (भिडियो)


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको १४ औँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलमा रहेन महामन्त्रीमा उम्मेदवारी दिएका डा. मिनेन्द्र रिजालले पारजित भएपछि विहीबार रक्षामन्त्री पदबाट राजीनामा दिँदा प्रधानमन्त्रीलाई लेखेको पत्रमा पार्टी भित्रको आफ्नो अवस्थाबारे अवगत भएको उल्लेख गरेका छन् ।

उनले पार्टीमा आफ्नोअवस्था संकुचनमा रहेको पाएपछि पदमा बसिरहन नैनितकताले नदिएको भन्दै पदबाट राजीनामा दिएका छन् । राजीनामा दिएपछि उनले पत्रकार सम्मेलन गरेर थप विषय स्पष्ट पारेका छन् ।

डा. रिजालले आफूले मन्त्री पदबाट भावावेशमा राजीनामा नदिएको बताए । उनले महामन्त्रीको उम्मेदवार बन्दैगर्दा यही गर्छु भनेर मनमा सोचिसकेको बताए । तर, आफ्नो निर्णयबारे पार्टीका नेताहरुसँग छलफल नगरेको तर आफ्नी श्रीमतीसँग भने छलफल गरेको उनले बताए ।

६५ वर्षको पुगिसकेको भन्दै उनले आगामी दिनको योजना भने सोचेर बनाउने बताए । उनको यो भनाइपछि पत्रकारहरुले राजनीति नै छाड्न लागेको हो ? भनेर प्रश्न गरेका थिए । रिजालले अहिले निर्णय गरिनसकेको तर त्यस्तो सम्भावना छैन भन्ने नभएको बताए । उनले सक्रिय राजनीति छाड्ने संकेत भने गरे।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ५ : ३९ बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान