यो माला धारण गर्दा भाग्य चम्किने धार्मिक विश्वास छ « Khabarhub

यो माला धारण गर्दा भाग्य चम्किने धार्मिक विश्वास छ


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रको मान्यता अनुसार ग्रह बलियो पार्न कुण्डली र राशि अनुसार रत्न–धातु धारण गर्नु लाभदायक हुन्छ । धर्म अनुसार पनि रुद्राक्ष, तुलसीको माला धारण गर्नु लाभदायक हुने विश्वास छ ।

यस्तै एक अर्को माला हो, वैजयन्ती माला । भगवान् विष्णु र कृष्णको प्रिय वैजन्यती माला धारण गरे भगवानको विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास छ । यस मालालाई लक्ष्मीको कारक मानिन्छ । यो धारण गर्दा जातकको आर्थिक स्थितिमा ठुलो परिवर्तन आउने धार्मिक विश्वास छ । अरु के-के छन् वैजन्यती माला धारण गर्दाका लाभ ?

– सोमवार वा मंगलवारका दिन विधि–विधानपूर्वक वैजयन्ती माला धारण गरे जीवनका सबै नकारात्मकता नाश भएर जाने र हरेक काममा सफलता प्राप्त हुने धार्मिक विश्वास छ ।

– वैजयन्ती माला धारण गर्दा आर्थिक अभाव टरेर जाने र माता लक्ष्मीको कृपा भई आर्थिक स्थिति मजबुत हुने धार्मिक विश्वास छ ।

– वैजयन्ती माला धारण गर्दा मन शान्त हुने र रिस नियन्त्रण हुने विश्वास रहेको छ ।

– यो माला धारण गर्ने व्यक्ति सामाजिक जीवनमा सक्रिय रहने र मान–सम्मानमा प्रगति हुने विश्वास रहेको छ ।

– कामकाजी महिलाले यसको धारण गरेमा अत्यन्त लाभ पाउने धार्मिक विश्वास छ ।

– विवाहमा अड्चन आएकाहरूले बिहीबार वा शुक्रबारका दिन विधि–विधानपूर्वक वैजयन्ती माला धारण गर्दा केही दिनमै विवाह हुने विश्वास गरिन्छ ।

– कला, लेखन वा अन्य रचनात्मक काममा संलग्नहरुले यो माला धारण गरे नयाँ नयाँ विचार आउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : ४५ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष