क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति, प्रधानमन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति, प्रधानमन्त्रीको ध्यानाकर्षण


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

‘अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो,’ उनले भनिन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन पालना नगरेको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाउँदै सोमपाल कामी र बलर कमलसिंह ऐरीको ६ महिनाको तलब रोक्का गर्ने निर्णय बुधबार गरेको थियो ।

यसैगरी प्रचण्डले भेटमा सदन सूचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सहमति जुटाउन प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

साथै नेपाली कांग्रेसको महाधिवेशनबाट सभापति निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ३२ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण