खाद्य संस्थान भन्छ–धान किन्छौं, तर स्तरीय मात्रै | Khabarhub Khabarhub

खाद्य संस्थान भन्छ–धान किन्छौं, तर स्तरीय मात्रै


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ ।

कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति भएको थियो ।

यहाँ छ हजार क्विन्टल धान खरिदको कोटा पाएको कम्पनीले मापदण्डका आधारमा एक सातादेखि धान खरिद गरिरहेको सो कार्यालयका प्रमुख प्रचण्ड उपाध्यायले जानकारी दिए ।

‘हामीले मापदण्डमा रहेर राम्रो धान खरिद गर्ने हो’, उनले भने, ‘किसान राम्रोदेखि भिजेको धानसमेत ल्याउँदा छान्नु परेको छ ।’ उनले प्रतिक्विन्टल रु दुई हजार ७५२ धान खरिद गरिरहेको जानकारी दिए । यता किसानले धान बिक्रीमा समस्या भइरहेको गुनासो गरे ।

यहाँको भीमदत्त नगरपालिका–१३ का रामबहादुर जोशीले धान बिक्री गर्दा समस्या हुनुका साथै लागत अनुरुपको मूल्यसमेत नपाइरहेको बताए ।

कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यसपटक एक लाख ९३ हजार ९८४ मेट्रिकटन धान यहाँ उत्पादन भएको जानकारी दिए । ‘उत्पादन भएकामध्ये ६९ हजार २७३ मेट्रिकटन क्षति भयो’, उनले भने, ‘कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो ।’ धानखेती समेट्ने बेला आएको वर्षातले खेतमै धान कुहिनुका साथै बाढीलेसमेत बगाएर लगेको थियो ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ५० बजे

भत्किएको पुल पुनःनिर्माण नहुँदा धरान हरियालीका स्थानीय समस्यामा

धरान– धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको

विपद्जन्य सूचना प्रवाह प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

काठमाडौं– विपदजन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

काठमाडौं– राजेन्द्र लुइँटेलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन सङ्घको नयाँ नेतृत्व चयन

डेब्यू फिल्ममा पल शाहसँग स्क्रिन सेयर गर्दै मोडल अञ्जना पुन

काठमाडौं – नायक पल शाहको डेब्यू निर्माण रहेको फिल्म ‘यानी

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको