विप्लव समूहसँग ४ कम्पनी सैनिक छन् : गृहमन्त्री बादल « Khabarhub

विप्लव समूहसँग ४ कम्पनी सैनिक छन् : गृहमन्त्री बादल


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको समूहले जनसेनाको नाममा ४ वटा कम्पनी (सैनिक दस्ता) तयार पारेको तथ्य बाहिर आएको छ ।

संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेकपाले जनसेनाको रुपमा ४ कम्पनी निर्माण गरेको बताएका हुन् ।

‘केही समययता नेकपा विप्लव भन्ने समूहले संविधान र राज्य व्यवस्थाको विरुद्ध गैरकानूनी, संविधान विरोधी र शान्ति विरोधी गतिविधिहरु गर्दै आएका छन्,’ सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री थापाले भने, ‘उनीहरुले जनसरकारको रुपमा जनपरिषद भन्ने संस्था गठन गरेका छन््, जनसेनाको रुपमा उनीहरुले ४ कम्पनी अहिले निर्माण गरेका छन् ।’
विप्लव नेतृत्वको नेकपा विगत केही वर्षदेखि सशस्त्र गतिविधिमा संलग्न रहेको पनि बताए ।

गृहमन्त्री बादलले आइतबार राजधानीका विभिन्न ठाउँमा भएका विस्फोटमा परी ४ जनाको ज्यान गएको विषय पनि संसदलाई जानकारी गराए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्ने अधिकांश सांसदले राजधानीमै बम विस्फोट हुँदा ४ जनाको हत्या, पाँचथर र दार्चुलामा भएका घटनाले सरकार शान्ति सुरक्षा कायम गर्न असफल रहेको भन्दै आलोचना गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : २२ बजे

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन