कांग्रेस केन्द्रीय सदस्य खुला (३५ जना) को मतगणना सुरु « Khabarhub

कांग्रेस केन्द्रीय सदस्य खुला (३५ जना) को मतगणना सुरु

अन्तिम परिणाम सोमबार आउने


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनको मतगणना सोमबारसम्म सकिने भएको छ।

आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु गरिएको छ । बिहान १० बजे सुरु हुने भनिएको मतगणना करिब डेढ घण्टा ढिलो गरि सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले भर्खरै मतणना सुरु भएको निर्वाचन समितिका संयोजक तेजबहादुर रावलले खबरहबलाई जानकारी दिएका छन् ।

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । यसअघि महिला कोटामा चित्रलेखा यादव र पिछडिएको क्षेत्र (खुला) मा पूर्वमन्त्री अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना भने शुक्रबार सम्पन्न भइसकेको छ ।

हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी-जनजाति १५, खस-आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ । कोषाध्यक्ष पनि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ११ : ३८ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम