खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको साँफेबगरमा विमोचन « Khabarhub

खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको साँफेबगरमा विमोचन


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुस- खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ ।

साँफेबगर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी पुस्तकको बिमोचन गरिएको हो ।

साफेबगर नगरपालिका वडा नम्बर २ सिद्धेश्वर निबासी यमराज कुँवरद्वारा लिखित खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । पुस्तकमा १६ वटा शीर्षकका खप्तड बाबाका बारेमा लेखिएको छ ।

पुस्तकका लेखक यमराज कुँवरले खप्तड बाबाले खप्तडलाई चिनाउन धेरै ठूलो योगदान गरे पनि उनको योगदानको कदर हुने खालको सुदूरपश्चिमका कुनै पनि कार्यक्रम हुन नसकेको बताए । खप्तड बाबाका बारेमा अनेकौ प्रश्न र जिज्ञासाहरु रहेकाले केही हदसम्म यो पुस्तकले मेटाउने बताए ।

साँफेबगर नगर प्रमुख कुँवरले खप्तड बाबाको सम्झनामा अहिलेसम्म कुनै पनि बिचार गोष्ठी र श्रद्धाञ्जलि सभाकोसमेत आयोजना गर्न नसक्नु दु:खद भएको बताए । खप्तड बाबाबो प्रेरक भनाईहरु सबैले अनुशरण गर्न आवश्यक रहेकोमा उनको जोड छ ।

उनले खप्तड बाबाप्रति धेरै भ्रमहरु रहेकाले यस बारेमा अझै धेरै अध्ययन अनुन्धान हुन जरुरी रहेको बताए । पुस्तक बिमोचनसँगै सुदूरपश्चिमकै ऐतिहासिक एउटा सम्पत्ति जोडिएको टिप्पणी गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १२ : ४० बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल