संवैधानिक अधिकार खोसेर लिनुपर्छ : उपसभामुख शर्मा « Khabarhub

संवैधानिक अधिकार खोसेर लिनुपर्छ : उपसभामुख शर्मा


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको  लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिद्वारा आज पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठी शुभारम्भ गर्दै उनले अधिकारका लागि महिला सङ्गठित भएर लाग्नुपर्ने बताएकी हुन् ।

महिलाले राजनीतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै सशक्तीकरणमा लाग्नुपर्ने बताउँदै उपसभामुख शर्माले  प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनैपर्ने आवश्यकता औँल्याइन ।

दुःख र अन्यायमा परेका व्यक्तिको उद्धारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै उनले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो पदमा आउने गरी पहल थाल्न महिलालाई आग्रह गरिन् ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्माले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमीका बेलामा रेडक्रसले आप्mना सम्पूर्ण सेवा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिए ।

रेडक्रसका मन्त्री धर्मराज अधिकारी, कार्यक्रम संयोजक उर्मीला खड्का,  पत्रकार श्यामनाथ कुँवर, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रमा कोइरालालगायतले रेडक्रसले निर्वाह गरेको भूभिकाबारे चर्चा गरेका थिए ।

तालिममा जिल्लाका विभिन्न ४८ उपशाखाका ९६ महिलाको सहभागिता छ । एकदिने सो तालिममा मोहनसिंह खड्काले ‘रेडक्रस अभियान’, उर्मीला खड्काले ‘उपशाखामा लैङ्गिक तथा सामाजिक समावेशीकरणका गतिविधि’ र खेमराज सापकोटाले ‘विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकको संरक्षण’ विषयमा प्रशीक्षण दिने छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १ : २५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम