कर्णाली प्रदेशका तीन जिल्लामा एक किलोमिटर कालोपत्रे सडक पनि छैन | Khabarhub Khabarhub

कर्णाली प्रदेशका तीन जिल्लामा एक किलोमिटर कालोपत्रे सडक पनि छैन


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामा कच्ची तथा पक्की गरी करिब एक हजार चार सय ४१ दशमलव १९ किलोमिटर सडक छ । तर यस प्रदेशको डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएको छैन ।

डोल्पा एक सय सात दशमलब २६ किलोमिटर, मुगुमा २७ किलोमिटर र हुम्ला जिल्लामा २७ दशमलव ११ किलोमिटर कच्ची सडक विस्तार भएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७–७८) का अनुसार आर्थिक वर्ष २०७७–७८ मा कालिकोट, दैलेख, सल्यान र सुर्खेत जिल्लामा पक्की सडकको तुलनामा कच्ची सडक खसै विस्तार भएको देखिँदैन ।

तथापि, यी जिल्लामा पक्की सडक कालिकोटमा ६५ दशमलव ९ किलोमिटर, दैलेखमा एक सय ४८ दशमलब ८१ किलोमिटर, सल्यानमा एक सय ४५ दशमलब ८ किलोमिटर र सुर्खेतमा एक सय ८९ दशमलव २८ किलोमिटर सडक छ । कालिकोटमा ३६ किलोमिटर, दैलेख एक सय ३३ किलोमिटर, सल्यानमा ३४ दशमलब ४२ किलोमिटर र सुर्खेतमा ३० किलोमिटर कच्ची सडक रहेको छ ।

जुम्लामा ९४ दशमलव ७६ किलोमिटर, जाजरकोट एक सय ६० दशमलव ४४ किलोमिटर र रुकुमपश्चिम ६३ दशमलव ७३ किलोमिटर कच्ची सडक निर्माण भएका छन् भने जुम्ला ३१ किलोमिटर, जाजरकोट ३७ किलोमिटर र रुकुमपश्चिममा ४७.४ किलोमिटर मात्रै पक्की सडक रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : १० बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले