आइतवार कुन काम गर्न हुन्छ, कुन हुँदैन « Khabarhub

आइतवार कुन काम गर्न हुन्छ, कुन हुँदैन


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कुनै ग्रहसँग जोडिएको हुन्छ । हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो ।

आइतबार(आज) सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । साथै काशीको कोतवाला भैरवको प्रिय दिन पनि आइतवार हो ।

ज्योतिष विज्ञानका अनुसार हरेक ग्रहको मनपर्ने र नपर्ने कुरालाई ध्यानमा राखेकर काम गर्न जरुरी हुन्छ । यसो गर्दा धेरै कुरामा फाइदा हुने धर्मशास्त्रमा उल्लखे गरिएको छ ।

तपाईंको कुण्डलीमा सूर्य दुर्बल न हुन् र तपाईको अनिष्ट समय नआओस् भन्नका लागि केही काम आइतवार गर्न उपयुक्त हुँदैन ।

–आइतवारको दिन सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन राम्रो हुँदैन ।

–आइतबार मासु, रक्सी जस्ता तामसी भोजन बर्जित गरिएको छ । यसको सेवनले सूर्यको दुष्प्रभाव जागृत हुन्छ ।

–आइतबार दिउँसो सम्भोग गर्न हुँदैन ।

–आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्न हुँदैन । मान्यताहरुका अनुसार यस्तो काम गर्नाले व्यक्तिमा दरिद्रताको वास हुन्छ ।

–आइतबार तुलसीको पात चुड्ने वा तुलसीमा पानी हाल्ने काम गर्न उपयुक्त हुँदैन ।

यस दिन तामाका सामान किन्नबाट जोगिनुहोस् ।

के गर्ने त ?

आइतवारका दिन भगवान सूर्य तथा भैरव नाथको पूजाको विशेष दिन हो । त्यसैले ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिन जरुरी छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ४५ बजे

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

काठमाडौं– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख

लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’

काठमाडौं– लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर