महामन्त्री थापा निधि निवासमा, प्रदेश २ को प्रदेश अधिवेशनबारे छलफल « Khabarhub

महामन्त्री थापा निधि निवासमा, प्रदेश २ को प्रदेश अधिवेशनबारे छलफल


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापा सभापतिमा पराजित नेता विमलेन्द्र निधिलाई भेट्न उनकै निवास बानेश्वर पुगेका छन् । उपसभापतिमा पराजित नेता चन्द्र भण्डारी र महामन्त्री थापा शनिबार साँझ निधि निवास पुगेका हुन् ।

भेटमा प्रदेश २ को प्रदेश अधिवेशनबारे छलफल भएको निधि निकट स्रोतले जनायो । महामन्त्रीमा विजयी थापालाई बधाई दिँदै निधिले प्रदेश २ को अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफल गरेका थिए । निधिले रामसरोज यादवलाई सभापतिमा समर्थन गर्न प्रस्ताव गरेका थिए ।

यो विषयमा आइतबार फेरि छलफल हुने बताइएको छ । प्रदेश २ मा यही पुस ६ र ७ गते प्रदेश अधिवेशन गर्ने तयारी छ । प्रदेश २ मा निधिका रामसरोज यादव, देउवा समूहका कृष्ण यादव र कोइराला निकटका रञ्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् । तर कर्ण सहमहामन्त्रीको उम्मेदवार बनेर पराजित भएका छन् । उनले मतदान हुनु अगाडि उम्मेदवारी फिर्ता लिएको बताएका थिए । तर, फिर्ता लिने समयमा उनले उम्मेदवारी फिर्ता नलिएपछि उनले पनि केही मत पाएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : २० बजे

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी