माथिल्लो स्यांगेको विद्युत उत्पादन सफल परीक्षण | Khabarhub Khabarhub

माथिल्लो स्यांगेको विद्युत उत्पादन सफल परीक्षण


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली उत्पादन परीक्षण सफल भएको हो ।

आयोजनाका प्राविधिक सोम तामाङका अनुसार गत असोज १५ मा सो आयोजनाको निर्माण सम्पन्न भइ गत मङ्सिर २२ गतदेखि परीक्षण सुरु गरिएको छ । उनले भने ‘उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेपाल विद्युत प्राधिकरणसँग पत्राचार भइसकेको छ । सिभिल संरचना तथा जडान भएका उपकरणको हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सफल भएको हो ।’

निर्माण शुरु गरेको चार वर्षमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाले विसं २०७६ जेठभित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि कोरोना महामारी र सडकका कारण ढुवानीमा समस्या भएकाले निर्माण अवधिमै सम्पन्न हुन नसकेको बताइएको छ । विसं २०७४ देखि आयोजनाको निर्माण अघि बढेको थियो । आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिने प्राविधिक तामाङले जानकारी दिए।

आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । त्यस्तै हिउँदमा २.८६८ र वर्खायाममा ११.७४८ गिगावाट घण्टा विद्युत् उत्पादन आयोजनाले जनाएको छ । आयोजना ५० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको अपर स्यांगे हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : ४२ बजे

भारतको आवश्यकतामा चीनले सहयोग गर्ने

नयाँ दिल्ली- चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज

जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर

काठमाडौं– सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई

सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको घोषणा गरिसकेको महिना