नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन « Khabarhub

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले यस दिन प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस समायोजन गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले यस दिन प्रभु बैंकको १२ प्रतिशत, सनराइज बैंकको छ दशमलव ६५ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

समायोजनपछि सनराइज बैंकको सेयर मूल्य दुई सय ५४ रुपैयाँ १० पैसा, प्रभु बैंकको दुई सय ९४ रुपयाँ ७३ पैसा र मनकामना स्मार्ट लघुवित्तको एक हजार तीन सय ३३ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयरमूल्य समायोजन गरेको हो ।

बिहीबार प्रभु बैंकको तीन सय ३० रुपैयाँ १० पैसा, सनराइज बैंकको प्रतिकित्ता दुई सय ७१ रुपैयाँ र मनकामना लघुवित्तले प्रतिकित्ता एक हजार पाँच सय ६० रुपैयाँमा अन्तिम पटक कारोबार गरेको थियो । आइतबार समायोजन भएको मूल्यका आधारमा सोमबारदेखि तीनवटै कम्पनीको सेयर कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १ : ५५ बजे

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।