बेलायतले आफ्ना नागरिकलाई भन्यो– नेपालमा रहँदा सचेत रहनु « Khabarhub

बेलायतले आफ्ना नागरिकलाई भन्यो– नेपालमा रहँदा सचेत रहनु


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा हालै भएका बम विष्फोटलाई मध्यनजर गर्दै बेलायतले नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन सल्लाह दिएको छ ।

आइतबार काठमाडौंमा भएका बम विष्फोटमा मानिसहरुको हताहती भएको समाचार आइरहेको भन्दै बेलायत सरकारले आफ्ना नागरिकलाई सचेत रहन सल्लाह दिएको हो । बेलायतले आफ्ना नागरिकलाई हुलमुलबाट जोगिनसमेत सल्लाह दिएको छ ।

त्यस्तै, सोमबार ‘स्थानीय सानो समूह’ ले देशव्यापी बन्द आह्वान गरेको तथा नेपालमा प्रदर्शन, बन्दलगायतका गतिविधि नियमित हुने गरेको भन्दै बेलायतले यस्तो अवस्थामा प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप हुनसक्ने भएकाले यस्ता प्रदर्शनबाट जोगिन समेत आह्वान गरेको छ ।

बेलायतले आफ्ना नागरिकलाई कुनै समूहले व्यापार, गैरसरकारी संस्था र स्थानीय तथा अन्तर्राष्ट्रिय विद्यालयमा धम्की दिएर चन्दा मागिनसक्ने भन्दै सगज रहन आग्रह गरेको छ ।

हरेक वर्ष बेलायतबाट ४० हजार भन्दा धेरै बेलायती नागरिक नेपाल आउने गरेको र अधिकांश बेलायतीले बिना कुनै समस्या नेपालको भ्रमण गर्ने गरेको भन्दै बेलायत सरकारले आफ्ना नागरिकलाई नेपालमा कुनै समस्या परेमा प्रहरीलाई १०० मा तथा वारुण यन्त्रलाई १०१ मा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १ : २५ बजे

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले