मुम्बई हमला पाकिस्तानी आतंकवादीको योजनामा भएको टेप रेकर्डिङ फेला « Khabarhub

मुम्बई हमला पाकिस्तानी आतंकवादीको योजनामा भएको टेप रेकर्डिङ फेला


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- सन् २००८ मा पाकिस्तानी आतंककारीको योजनामा भएको पुष्टि गर्ने एक नयाँ वायर टेप रेकर्डिङ प्राप्त भएको भारतीय सुरक्षा निकायले जनाएको छ ।

उक्त टेप रेकर्डिङमार्फत आतंककारीहरूले चाबड हाउसमा आक्रमण गर्ने योजना बनाएको टेलिफोन वायरट्यापमार्फत खुलेको हो । भारतको सरकारी स्रोतका अनुसार चाबड हाउसमा ६ जना आतंककारीसमेत मारिएका थिए।

रेकर्डिङहरूले आक्रमणको केन्द्र चाबड हाउस यहूदी स्थानको रूपमा खोजिएको खुलासा गरिएको छ ।

उक्त टेपमा पाकिस्तानमा रहेको लश्कर-ए-तैयबाका सदस्यहरू र उनीहरूका नेताहरूबीच भएको कुराकानी रहेको समेटिएको भारतीय गुप्तचरले प्राप्त गरेको हो ।

जिहादीहरूले नोभेम्बर २००८ मा ६० घण्टाभन्दा बढी समय सहरमा बन्दुक र विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

उक्त विस्फोटमा १६६ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए । भारतको एक स्रोतले वायरट्यापहरूले कसरी आतंकवादीहरूले विभिन्‍न समुदायहरूमा आक्रमण गर्ने र विश्वको मिडियाबाट अधिकतम् ध्यान आकर्षित गर्ने योजनाको रूपमा एक यहूदी लक्ष्य र अन्य स्थानहरू छनोट गरे भन्ने विवरण खुलासा गरेको छ ।

स्रोत- दजेसी डट कम

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  २ : ३५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ