माछालाई दाना दिन निस्केका चौधरीको शव पोखरीमा « Khabarhub

माछालाई दाना दिन निस्केका चौधरीको शव पोखरीमा


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका २ स्थित ईटहर्वामा मंगलबार एक ५३ वर्षीय पुरुषको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ । स्थानीय बाबुनन्द चौधरीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

सोमबार दिउँसो पोखरीमा माछालाई दाना हाल्न घरबाट निस्केका चौधरी साँझसम्म घर नफर्केपछि पोखरीलगायत आफन्तहरू भएको सबै ठाउँमा रातभर खोजतलास गरिएको गरिएको थियो ।

खोजी गर्ने क्रममा पोखरीमा मंगलबार बिहान ८ बजे पुनः हेर्न जाँदा उनले लगाएको चप्पल पानीमा तैरिएको देखेपछि महजाल लगाउँदा शव डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

चौधरीको शवलाई आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

चौधरीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेको भनाइ रहेको छ । न्युजकारखाना

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ३२ बजे

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले