बार्सिलोना सेभिल्लासँग बराबरीमा « Khabarhub

बार्सिलोना सेभिल्लासँग बराबरीमा


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा बार्सिलोना सेभिल्लासँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।

सेभिल्लाका लागि पपु गोमेजले गोल गर्दा बार्सिलोनाका लागि रोनाल्ड अरौजोले बराबरी गोल फर्काए।

पहिलो हाफ बराबरीमा सकिदा दोस्रो हाफको ६४ औँ मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो । तर बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।

बार्सिलोना बराबरीपछि १८ खेलबाट २८ अंकसहित सातौँ स्थानमा छ भने ३८ अंकसहित सेभिल्ला दोस्रो स्थानमा छ । समान खेलबाट ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ ।

अर्को खेलमा भिल्लारियलले अलाभेसलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ३० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा