अछामका १० वटै पालिकामा मोर्डना खोप अभियान सञ्चालन « Khabarhub

अछामका १० वटै पालिकामा मोर्डना खोप अभियान सञ्चालन


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुस – अछाममा कोभिड-१९ विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ ।

जिल्लाका १० वटै स्थानीय पालिकामा कोभिड-१९ कोरोनाविरुद्धको मोर्डना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ वर्ष उमेरकालाई पहिलो चरणको खोप लगाइने भएको हो ।

जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ हजार ६१ विद्यार्थीलाई पहिलो चरणमा खोप लगाइने ढुंगानाले बताए । सोही अन्तर्गत मंगलबार साँफेबगर नगरपालिकाबाट खोप सञ्चालन भएको छ । उनका अनुसार आज बुधबार जिल्लाका अन्य ८ वटा पालिकामा एक साथ खोप लगाइँदै छ । कमलबजार नगरपालिकामा भने ९ गते खोप लगाइने छ ।

११ पुसभित्र अछाम जिल्लाका ३९ हजार बालवालिकालाई खोप लगाउने लक्ष्य रहेको अधिृकत ढुंगानाले बताए । खोप लगाइसके पछि कुनै अवान्छित घट्ना भएमा पहिलो चरणमा पालिकाका स्वास्थ्य शाखाले उपचार गर्ने र थप उपचारको लागि जिल्ला अस्पताल, बयालपटा अस्पतालको चिकित्सकको टिम तयारी अवस्थामा राख्ने प्रमुख ढुंगानाले जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ४५ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर