अछामका १० वटै पालिकामा मोर्डना खोप अभियान सञ्चालन « Khabarhub

अछामका १० वटै पालिकामा मोर्डना खोप अभियान सञ्चालन


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुस – अछाममा कोभिड-१९ विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ ।

जिल्लाका १० वटै स्थानीय पालिकामा कोभिड-१९ कोरोनाविरुद्धको मोर्डना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ वर्ष उमेरकालाई पहिलो चरणको खोप लगाइने भएको हो ।

जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ हजार ६१ विद्यार्थीलाई पहिलो चरणमा खोप लगाइने ढुंगानाले बताए । सोही अन्तर्गत मंगलबार साँफेबगर नगरपालिकाबाट खोप सञ्चालन भएको छ । उनका अनुसार आज बुधबार जिल्लाका अन्य ८ वटा पालिकामा एक साथ खोप लगाइँदै छ । कमलबजार नगरपालिकामा भने ९ गते खोप लगाइने छ ।

११ पुसभित्र अछाम जिल्लाका ३९ हजार बालवालिकालाई खोप लगाउने लक्ष्य रहेको अधिृकत ढुंगानाले बताए । खोप लगाइसके पछि कुनै अवान्छित घट्ना भएमा पहिलो चरणमा पालिकाका स्वास्थ्य शाखाले उपचार गर्ने र थप उपचारको लागि जिल्ला अस्पताल, बयालपटा अस्पतालको चिकित्सकको टिम तयारी अवस्थामा राख्ने प्रमुख ढुंगानाले जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ४५ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न