ज्याकलिन र सुकेशको वेब सिरिजमा निर्माताको चासो « Khabarhub

ज्याकलिन र सुकेशको वेब सिरिजमा निर्माताको चासो


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– हालका दिनमा अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको चर्चा बलिउडमा निकै छ । सुकेशसँग ज्याकलिनको रोमान्टिक तस्वीर भाइरल भएकै कारण ज्याकलिनमाथि तनाव बढेको छ ।

यो विषयमा जाँच एजेन्सी इडीले ज्याकलिनमाथि कैयौंपटक सोधपुछ गरिसकेको छ र ज्याकलिन हरेक पटक सुकेशसँगको सम्बन्धलाई कुनै न कुनै प्रकारले अस्वीकार गरिरहेकी छन् । यो घटनाले फिल्म निर्मातालाई प्रभावित बनाएको छ ।

निर्माताहरुलाई यसको कथा र प्लट राम्रो लागेको छ । कैयौं निर्माता तथा निर्देशकहरु यो घटनाको विषयमा एक वेब सिरिज वा वृत्तचित्र बनाउने तयारीमा छन् । यो विषयमा धेरै जानकारी बाहिर नआए पनि एक महाठगले अभिनेत्रीलाई फसाउन खोजेको विषयमा जोकोहीको चासो बढेको छ ।

सुकेशले ज्याकलिनलाई साथी बनाउदै उनलाई २ सय करोड रुपैंयाँको सुपरहिरो वेब सिरिजमा प्रमुख भूमिका दिने वचन दिएका थिए । ज्याकलिनले फिल्ममा अफर नपाएको र यसले उसलाई तनाव दिइरहेको सुकेशले थाहा पाएपछि उनले वेब सिरिजको प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : ३४ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको