जापानी सम्राटसँग भेटवार्ता गर्ने रेइवा युगका पहिलो नेता बने ट्रम्प « Khabarhub

जापानी सम्राटसँग भेटवार्ता गर्ने रेइवा युगका पहिलो नेता बने ट्रम्प


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जापान– हाल जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रेइवा युगका सम्राट (जापानी सम्राट) नारुहितोसँग भेटवार्ता गर्ने पहिलो विदेशी नेता बनेका छन् ।

राष्ट्रपति ट्रम्प तथा सम्राट नारुहितोबीच टोकियोमा रहेको दरबारमा ५० मिनेट भेटवार्ता भएको जनाइएको छ ।

भेटवार्ताअघि दरबारमा ट्रम्पलाई जापानी सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

भेटवार्तामा साम्राज्ञी मासाको र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी रहेका जनाइएको छ ।

गत मे १ मा सम्राटका रुपमा नारुहितोले औपचारिक गद्दिआरोहण गरेसँगै जापानमा रेइवा युग शुरु भएको थियो । यस युगमा सम्राट नारुहितोसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो विदेशी नेता बनेका हुन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  २ : २६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते