३५ हजार घुस लिने नासु र शाखा अधिकृत पक्राउ « Khabarhub

३५ हजार घुस लिने नासु र शाखा अधिकृत पक्राउ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भद्रपुर– झापाको भद्रपुरस्थित व्यवसायिक तथा शीप विकास तालिम केन्द्रका नायब सुब्बा राजकुमार धिमाल घुस रकमसहित पक्राउ परेका छन् ।

तालिम कार्यक्रम सञ्चालन गरेबापत रकम भुक्तानी गर्नका लागि सेवाग्राहीसँग लिएको ३५ हजार घुससहित नायव सुब्बा धिमाल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले धिमाललाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

उक्त घुस प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ३ : १४ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी