न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो प्रतिबेदन « Khabarhub

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो प्रतिबेदन


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ मा सत्तारुढ गठबन्धनद्वारा गठित सरकारको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राजेन्द्र राइलाई प्रतिबेदन बुझाएको छ । ५ दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले बुधबार मुख्यमन्त्री राईलाई प्रतिबेदन बुझाएको हो ।

उच्च स्तरीय राजनीतिक समितिले प्रदेश सभा सदस्य शेखरचन्द्र थापा संयोजकत्वमा ६ सदस्यीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल गठन गरेको थियो ।

कार्यदल सदस्यमा राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू, अशोक चेम्जोङ्ग सदस्य रहेका छन् भने र शेरधन राई नेतृत्वको सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियुत्त गरेका डा पूर्ण लोक्सोम सदस्य सचिव रहेका थिए ।

सरकारको दीर्घकालीन र अल्पकालीन योजना सहितको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले बताए । स्वास्थ्य, शिक्षा पर्यटन उद्योग कृषिलाई प्राथमिक्ता राखेको उनले बताए । प्रतिबेदनमा अल्पकालीनमा कोरोनाको प्रभावलाई प्राथमिकतामा राखिएको उनले बताए ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले प्रतिबेदन अध्यन गरेर सार्वजनिक गर्ने बताए । पाँच दलिय गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । संयन्त्रले न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल बनाएको थियो ।

कार्यदलले प्रतिबेदन बुझाएसँगै शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेट पुनरावोलकन गर्न सहज हुने गठबन्धन दलका नेताहरुले बताएका छन् । प्रदेश १ सरकार अघिल्लो सरकारले ल्याएको बजेटलाई पुनरावलोकन गर्ने तयारीमा रहेको छ ।

सत्तारुढ दलका एक सांसदले भने ‘यो प्रतिबेदनमा नेताहरु बसेर छलफल गरेर पास गरेपछि तुरुन्तै बजेट पुनारावलोकन हुन्छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ४५ बजे

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार

विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीको प्रदर्शन

काठमाडौं- विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीहरूले

विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।

संसदीय सुनुवाइ समितिमा उजुरी : शर्मालाई प्रधानन्यायाधीश बनाउने होइन, महाभियोग लगाउनुपर्छ

काठमाडौं- प्रधानन्यायाधीश पदमा सिफारिस भएका डा. मनोज कुमार शर्माको नियुक्ति

विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

तेहरान- सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र