न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो प्रतिबेदन « Khabarhub

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो प्रतिबेदन


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ मा सत्तारुढ गठबन्धनद्वारा गठित सरकारको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राजेन्द्र राइलाई प्रतिबेदन बुझाएको छ । ५ दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले बुधबार मुख्यमन्त्री राईलाई प्रतिबेदन बुझाएको हो ।

उच्च स्तरीय राजनीतिक समितिले प्रदेश सभा सदस्य शेखरचन्द्र थापा संयोजकत्वमा ६ सदस्यीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल गठन गरेको थियो ।

कार्यदल सदस्यमा राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू, अशोक चेम्जोङ्ग सदस्य रहेका छन् भने र शेरधन राई नेतृत्वको सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियुत्त गरेका डा पूर्ण लोक्सोम सदस्य सचिव रहेका थिए ।

सरकारको दीर्घकालीन र अल्पकालीन योजना सहितको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले बताए । स्वास्थ्य, शिक्षा पर्यटन उद्योग कृषिलाई प्राथमिक्ता राखेको उनले बताए । प्रतिबेदनमा अल्पकालीनमा कोरोनाको प्रभावलाई प्राथमिकतामा राखिएको उनले बताए ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले प्रतिबेदन अध्यन गरेर सार्वजनिक गर्ने बताए । पाँच दलिय गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । संयन्त्रले न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल बनाएको थियो ।

कार्यदलले प्रतिबेदन बुझाएसँगै शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेट पुनरावोलकन गर्न सहज हुने गठबन्धन दलका नेताहरुले बताएका छन् । प्रदेश १ सरकार अघिल्लो सरकारले ल्याएको बजेटलाई पुनरावलोकन गर्ने तयारीमा रहेको छ ।

सत्तारुढ दलका एक सांसदले भने ‘यो प्रतिबेदनमा नेताहरु बसेर छलफल गरेर पास गरेपछि तुरुन्तै बजेट पुनारावलोकन हुन्छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ४५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु