भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले आज जारी गरेको सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी, कटान, डुबान र पहिरोको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रशासनले पाकेको धानबाली तथा अन्य कृषिउपज सुरक्षित रूपमा भित्र्याउन, वर्षाको अवधिमा बाली नकाट्न, नदी तथा खोला नतर्न र माछा मार्ने तथा दाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण कार्य नगर्न अनुरोध गरेको छ ।

त्यस्तै, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटा मार्ग तथा ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यकबाहेक लामो दूरी र रात्रिकालीन यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन आग्रह गरिएको छ । 

बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा चौपायालाई सुरक्षित स्थानमा राख्न र महत्त्वपूर्ण कागजात सुरक्षित गर्नसमेत प्रशासनले अनुरोध गरेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १२ : ५१ बजे

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई