किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ « Khabarhub

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई नकाटेको धान पानीका कारण बिग्रने पो होकी भन्ने चिन्ता छ ।

‘खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने हल्ला छ, काटौँ की नकाटौँ’, अधिकारीले भने, ‘मैले १२ कट्ठा क्षेत्रफलमा धान लगाएको छु, काटौँ की नकाटौँ भन्ने कुराले छटपटी भएको छ ।’

बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने अनुमानका कारण त्यसको प्रभावले बुधबारदेखि मौसम प्रतिकुल बन्ने सम्भावना  छ ।

पूर्वानुमानअनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने र छिटपुट वर्षा हुन सक्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हुने अनुमान गरिएको छ । 

हेटौँडा उपमहानगरपालिका–१० हटिया फाँटका फणिराज अधिकारीको खेतमा धान पाकेको छ । पाकेको धान काटौँ वा नकाटौँ भन्ने दुविधामा छन् ।

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले धानबालीमा क्षति पुग्न सक्ने भन्दै मङ्गलबारसम्म धान थन्काउन आग्रह गरिरहेका छन् । 

नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भोलिदेखि देशका विभिन्न भागमा मौसम प्रतिकूल हुने सम्भावना छ ।

बिहीबारदेखि मौसम प्रणालीको प्रभाव थप क्षेत्रमा फैलिने अनुमान गर्दै विभागले शुक्रबार र शनिबार यसको प्रभाव अझ बढ्न जनाएको छ ।

सम्भावित मौसमलाई दृष्टिगत गर्दै कृषकलाई धान काट्ने र भित्र्याउने काममा ढिलाइ नगर्न सुझाव दिँदै केन्द्रले मौसममा सुधार आएपछि प्राविधिकको सल्लाहअनुसार कृषि कार्य गर्न सुझाएको छ ।

केही वर्ष अघिसम्म नेपालमा मौसम पूर्वअनुमान नमिल्ने गरेको भएपनि पछिल्ला समयमा पूर्वानुमान ठ्याक्कै मिल्न थालेको कृषकहरू बताउँछन् । यस अघि गरिएका पूर्वअनुमान मिलेका कारण मौसमलाई ध्यान दिएर मात्रै काम गर्नुपर्छ भन्नेमा अधिकांश किसान रहेको अर्का स्थानीयवासी हरि अधिकारीले बताए ।

हटिया फाँटमा केही वर्ष अघिसम्म पूरै फाँटमा नै धान खेती हुने गरेको ८० वर्षीय श्रीप्रसाद न्यौपानेले जानकारी दिए । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासले खेतीयोग्य जमिनहरू घडेरीमा परिणत हुँदै गएको उनले बताए ।

‘पहिले यो क्षेत्रको अधिकांश क्षेत्रमा धान खेत मात्रै थियो’, उनले भने, ‘केही वर्ष यता विशेष गरी बाटो आसपासका क्षेत्र घरहरूले भरिन थालेका छन् । वर्षेनी खेतीयोग्य जमिनहरू बस्तीमा परिणत भइरहेका छन् ।’

यस क्षेत्रमा बहुुबाली खेती हुन्छ । धानपछि तोरी वा आलु त्यसपछि मकैजस्ता बाली लगाइने भएका कारण वर्षैभरि केहीनकेही खेती हुने गरेको बताए । पछिल्ला समयमा स्थानीय युवाहरू रोजगारीका लागि विदेश जान थालेपछि भने जनशक्तिको अभाव हुने गरेको उनको अनुभव छ । धान भित्र्याउनका लागि तराईमा विभिन्न क्षेत्रबाट १०० भन्दा बढी मजदुर हटिया क्षेत्रमा रहेको उनले बताए ।

मौसम पूर्वअनुमानका कारण धान काटेकालाई भित्र्याउन हतारो भएको बताउँदै उनले नकाटेको धान भने काट्नका लागि डराउनुपर्ने अवस्था रहेको बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १ : ०२ बजे

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई