लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र « Khabarhub

लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ–जिल्लामा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रका अनुसार पुरुष चार हजार ३८८ तथा महिला तीन हजार ३३८ ले राष्ट्रिय परिचयपत्र बनाएका हुन् । चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि हालसम्म दुई हजार ३७६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । यीमध्ये ९८७ महिला र एक हजार ३८९ पुरुष छन् । त्यस्तै, गत आवमा पाँच हजार ३८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । यीमध्ये महिला दुई हजार ३८१ र पुरुष दुई हजार ९९९ रहेको मिश्रले बताए ।

चार÷चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिए पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले परिचयपत्र बनाउँदै जिल्लामा अभियानको सुुरुआत गर्नुभएको थियो । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । सोह्र वर्ष उमेर पुगेका सबै नेपालीले राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै