बलिउड अभिनेता अजय देवगनका पिताको निधन « Khabarhub

बलिउड अभिनेता अजय देवगनका पिताको निधन


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता अजय देवगनका पिता एवं वरिष्ठ द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको छ । पछिल्लो केही समययता स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको सोमबार बिहान ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलिउड चलचित्रका पुराना द्वन्द्व निर्देशक एवं स्टन्टम्यान उनले ८० वटाभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् ।

सन् १९३४ मा अमृतसरमा जन्मिएका उनले १९९९ मा ‘हिन्दुस्तान कि कसम’  हिन्दी चलचित्रमा निर्देशन पनि गरे । उक्त चलचित्रमा आफ्नै छोरा अजय देवगन र अमिताभ बच्चनलाई अभिनय गराएका थिए ।

उनले द्वन्द्व निर्देशन गरेको चलचित्र दिल्वाले (१९९४), हिम्मतवाला (१९८३) र शेहेन्शाह (१९८८) सुपरहिट भएका थिए । उनको सोमबार साँझ नै अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमले परिवारलाई उदृत गर्दै जनाएका छन् ।

वीरु देवगनको परिवारमा पत्नी वीणाका साथै दुई छोराका रुपमा अभिनेता अजय देवगन र निर्देशक अनिल देवगन रहेका छन् । यस्तै एक छोरी पनि छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ४ : १८ बजे

काठमाडौं र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौ– काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको

अत्याधुनिक क्यामेराबाट बाघ गणना सुरु

चितवन– मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघ गणना आजदेखि सुरु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक

बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई