माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई ओलीले एमालेमा भित्र्याए | Khabarhub Khabarhub

माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई ओलीले एमालेमा भित्र्याए


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका एक नेता विहीबार एमाले प्रवेश गरेका छन् । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली विहीबार पर्सा पुगेका थिए ।

पर्साको जगरनाथमा आयोजित आमसभा कार्यक्रममा ओलीले जालिम मियाँलाई पार्टीमा स्वागत गरे । सो अवसरमा सम्बोधन गर्दै ओलीले सबै क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा स्थापित नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने विश्वास दिलाउँदै त्यसका लागि देशभर यस्ता पार्टी प्रवेश कार्यक्रमहरु भइरहेको उल्लेख गरे।

कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटी सदस्यद्वय निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु, जालिम मियाँलगायतले बोलेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ४ : ५२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय