पुनःनिर्माणपछि रानीपोखरी काठमाडौँ महानगरलाई हस्तान्तरण (भिडियो) « Khabarhub

पुनःनिर्माणपछि रानीपोखरी काठमाडौँ महानगरलाई हस्तान्तरण (भिडियो)


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानीपोखरी र पोखरीको बिचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणपछि औपचारिक रुपमा काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

बिहीबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले काठमाडाँै महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यलाई रानीपोखरी हस्तान्तरण गरे । कार्यक्रममा ज्ञवालीले ऐतिहासिक रानीपोखरीमा पानी राख्न निकै समस्या भएपछि बिभिन्न प्रविधिका साथ पानी अड्याउने कार्य सफलताका साथ सम्पन्न गरेको बताए।

उनले पुरात्वात्कि ढंगले रानीपोखरी र बाल गोपालेश्वरलाई पुनर्निर्माण गरिएको उल्लेख गरेो । नेपालको सम्पदाको पुननिर्माणको प्रतिकको रुपमा रानीपोखरी निर्माण गरिएको जानकारी दिए । उनले महामगरको नासो पुनर्निर्माणपछि महानगरलाई नै हस्तान्तरण गरिएको बताए।

कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख शाक्यले रानीपोखरी पुनर्निर्माणमा केही बिवाद भए पनि अहिले निकै उत्कृष्ट ढंगले पुनर्निर्माण गरिएको बताए। उनले ऐतिहासिक सम्पदाको उचित हेरचाह र जगेर्ना गर्न महानगर प्रतिवद्ध रहेको उल्लेख गरे।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ७ : ०० बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर