अछाम प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ९६ योजना छानिए « Khabarhub

अछाम प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ९६ योजना छानिए


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ को ‘क’ र ‘ख’ का योजना छनौटसँगै बजेट विनियोजन भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रुपैयाँ विनियोजन गरेको हो । निर्वाचन क्षेत्र ‘क’ र ‘ख’अन्तर्गत पर्ने पाँच स्थानीय तहका ९६ योजनाको लागि बजेट विनियोजन भएको छ । निर्वाचन क्षेत्र ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकामा २९ योजना र चौरपाटी गाउँपालिकामा १६ योजना गरी ४५ वटा योजना छनोट भएका छन् ।

निर्वाचन क्षेत्र नं. १ को ‘ख’अन्र्तगत मेल्लेख गाउँपालिका २५ योजना, रामारोशन गाउँपालिकामा १७ योजना र बान्नीगढी जयगढ गाउँपालिकाका ९ गरी ५१ वटा योजना छनोट भएका छन् भने प्रशासनिक खर्चको लागि दुईवटै क्षेत्रमा तीन तीन लाख बजेट विनियोजित गरिएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकाका शिद्धेश्वर, पातलकोट, मष्टमान्डौं, देवीस्थान, घुघुरकोट, खप्तड र चौरपाटी गाउँपालिकाको वडा नं.२ सोकट, दुनी र मार्कु बढी प्राथमिकतामा परेका छन् ।

निर्वाचन क्षेत्र ‘क’अन्तर्गत सबैभन्दा वढी साँफेबगर नगरपालिकामा एक करोड ९८ लाख र चौरपाटी गाउँपालिकामा ९९ लाख बजेट विनियोजित भएको छ ।

यस्तै प्रशासनिक खर्चको लागि तीन लाख बजेट विनियोजित गरिएको छ । वडामध्येमा सबैभन्दा वढी साँफेबगर नगरपालिकाको वडा नं. ३ शिद्धेश्वरमा ३५ लाख बजेटको व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : ३५ बजे

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौं– दुई लाख ६१ हजारभन्दा बढी सवारी चालकले जरिवानाबापतको रकम

लमजुङ कारागार बजेट अभावमा रोकियो

लमजुङ– बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन

निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र