प्रदेश १ का मन्त्रीको गुनासो : संघीय सरकारको हेपाइमा परियो « Khabarhub

प्रदेश १ का मन्त्रीको गुनासो : संघीय सरकारको हेपाइमा परियो


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संघीय सरकारको हेपाहामा प्रदेश सरकार परेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विराटनगरमा गरेको मानवअधिकार वर्ष पुस्तकको समीक्षा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले माथिल्लो सरकारले तल्ला सरकारलाई हेप्ने गरेका कारण गति लिन नसकेको बताएका हुन् ।

उनले भएको कुरासमेत नदिने दिनै परे पनि ‘पखपख हेरहेर’ गरेर रोकेको आरोपसमेत लगाए । संघीय सरकारले अधिकार नदिँदा काम गर्न समस्या भएको उनको भनाइ छ । तल्ला तहका सरकारलाई अधिकार दिनबाट वञ्चित गर्ने खेलमा प्रदेश सरकार लागेको उनको आरोप रहेको छ ।

संघीय सरकारले धेरै कानून नबनाउँदा प्रदेश सरकारले गति लिन नसकेको उनी बताउँछन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजय भोगेपछि मन्त्री कार्की देउवाप्रति खनिएका थिए । उनले केपी ओली नेतृत्व सरकारकै शैलीमा शेरबहादुर देउवा नेतृत्वको सरकार लागेको समेत बताए ।

मानव अधिकार उल्लघनका घट्नामा न्यूनीकरणका लागि राज्य मात्रै नभई जनतासमेत सचेत हुनुपर्ने उनको भनाइ रहेको छ । न्यूजकारखाना

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु