अछाममा ३ हजार ८६३ मतदाता थपिए | Khabarhub Khabarhub

अछाममा ३ हजार ८६३ मतदाता थपिए


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७–२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूले जानकारी दिए ।

दोस्रो चरणको ८ पुससम्म एक हजार ७४३ जनाले नाम दर्ता गराएका छन् । हालसम्म अछाममा एक हजार ९२९ जना महिला र एक हजार ९३४ जना गरी तीन हजार ८६३ जनाले नाम दर्ता गराएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य जारी रहेको छ भने ईलाका कार्यालय विनायकबाट भने शुक्रबारबाट नामावली संकलन कार्य सुरू गरिएको सूचना अधिकारी थारूले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी