टीएमजे क्षेत्रमा हिमपात « Khabarhub

टीएमजे क्षेत्रमा हिमपात


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुम र संखुवासभा जिल्लाको सीमावर्ती उच्च लेकाली क्षेत्रको तिनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिउँ परेको छ । शुक्रबार दिउँसो परेको हिमपातका कारण पशुचौपया र मानव जनजीवन प्रभावित भएको छ ।

पानीसँगै परको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ सेर्पाले बताए । हिउँ परेका कारण सडकसमेत अवरुद्ध बनेको छ ।

जाडोका कारण बालबालिका र वृद्धवृद्धालाई समस्या बनेको छ । हिउँले यतिबेला टीएमजे क्षेत्र ढाकेर सेताम्य बनेको छ । हिउँ परेका कारण सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधनबीच बाटोमै थन्किएका छन् । यस क्षेत्रमा पाल्दै आएका चौरी, गाईभैँसी र भेडाबाख्रा चरनमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

हिउँ परेका कारण बजार क्षेत्रमा चहलपहल कम भएको टुटे देउरालीका श्री कार्कीले बताए । ‘पानीसँगै हिउँ परेको कारण जाडो अत्यधिक बढेको छ । जाडोका कारण पशुचौपया र मानिसलाई कष्ट बनेको छ, उनले भने । खासगरी यो क्षेत्र पर्यटकको लागि हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजन आकर्षक बन्दै आएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : २४ बजे

‘संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको प्राथमिकतामा’

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान कार्यान्वयनका

नेप्से परोसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अंकले

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।

नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या उच्च, किशोरमै लत लाग्ने प्रवृत्ति बढ्दो

काठमाडौं– नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या चिन्ताजनक रहेको पाइएको

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई