नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन « Khabarhub

नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिए।

विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले यहाँका सौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो । उनले भने, “विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकसमेत आगमन गर्ने हुँदा सौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस् ।”

भारत भ्रमणबाट आजै स्वदेश फर्किएका मन्त्री आलेले विमानस्थलमा रहेका एअर ट्राफिक कन्ट्रोल (एटीसी) टावर, रार्डर सिष्टमबारे जानकारी लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रशाद गुरागाइँले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, “एटीसीको कन्ट्रोलरूपमै पुगेर मन्त्रीज्यूले जानकारी लिनुभयो, उहाँको अनुगमनले हाम्रो काम गर्ने मनोबलसमेत बढेको छ, सबै कर्मचारी खुशी भएका छौँ ।”

मन्त्री आलेले करिब तीन घण्टाजति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गरेका थिए । अनुगमनकै क्रममा उनले विमानस्थलमा सञ्चालनमा रहेका सटल बस सेवाको प्रभावकारिताको पनि जानकारी लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : ५५ बजे

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ –अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि अशान्त रहेको सुनसरीको

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)